सार्वजनिक सवारी चढ्दा मास्क नलगाई चढ्न नपाउने, गाडीको ढोकामा अनिवार्य स्यानिटाइजर — OSNepal

सार्वजनिक सवारी चढ्दा मास्क नलगाई चढ्न नपाउने, गाडीको ढोकामा अनिवार्य स्यानिटाइजर

LC (KTM) January 18, 2022 0

काठमाडौं-अब मास्क नलगाइ सार्वजनिक सवारी चढ्न नपाइने भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि पत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारी सञ्चालनमा कडाई गर्ने निर्णय गरेका हुन् ।

आज राती देखी लागुहुने गरीउपत्यकामा अब मास्क नलगाइ सार्वजनिक सवारी चढ्न नपाइने भएको हो साथै सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने आदेश जारी गरिएको हो।

चालक तथा सह(चालकले मास्कसँगै फेस सिल्ड पनि लगाउनु पर्नेछ।उपत्यकामा सञ्चालन गरिने सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित पार्न प्रशासनको आदेश छ। सवारी साधनको ढोकामा र भित्र यात्रुका लागि स्यानिटाइजर अनिवार्य हुनुपर्ने पनि बताइएको छ । त्यसको शुल्क भने पाँच रुपैयाँभन्दा बढी लिन पाइने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर