उपत्यकाका सबै धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाउने निर्णय — OSNepal

उपत्यकाका सबै धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाउने निर्णय

LC (KTM) January 18, 2022 0

काठमाडौं ४ माघ । काठमाडौं, भक्तपुर र ललितपुरका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकामा भएका सबै धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाउने निर्णय लिएका छन् ।

तेस्रो लहरको रुपमा भित्रिएको कोरोना संक्रमणले आतं बच्चाएपछि प्रशासनले मन्दिरहरुमा पनि रोक लगाउने निणर्य गरेको हो । माघ मसान्त सम्म सबै पुजामा रोक लगाउने तथा गोष्ठि भेला सेमिनार गर्ने परेमा भर्चुअल माध्यमवाट गर्नुपर्ने जिप्रका ललितपुरले जनाएको छ ।

दोहोरी, नाचघर, क्लव, हेल्थ क्लव,जिमखाना, स्वीमिड पुल, फुटसल, पटेक हाटबजार पनि माघ १५ गतेसम्म सञ्चालन गर्न नपाइने गरी रोक लगाएको छ ।

माघ ७ गते देखि उपत्यकाका सवै सार्वजनिक सेवा लिनका लागि अनिवार्य खोपकार्ड अनिवार्य गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर