काठमाडौं ४ माघ । नेपालमा आएको तेस्रो लहरको कोरोना संक्रमण बालुवाटार, सिंहदरबार देखि सर्वोच्च अदालत सम्म पसेको छ ।
सर्वोच्च अदालतका १ न्यायाधीशसहित ३१ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिएका छन् ।
अब एकै पटक यति धेरै कर्मचारीलाई कोरोना संक्रमण भएपछि सेवालाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले फूलकोर्ट बैठक समेत बोलाएका छन् ।