कोरोनाका बिरामीको संख्या घटाउन सरकारको यस्तो नौटंकी, परिक्षण नै कम गर्न थाल्यो — OSNepal

कोरोनाका बिरामीको संख्या घटाउन सरकारको यस्तो नौटंकी, परिक्षण नै कम गर्न थाल्यो

LC (KTM) June 02, 2021 0

काठमाडौं । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १५ हजार ५५ जनाको पिसिआर परिक्षण गरिएको थियो । गत एक साताको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकलाई नियाल्दा पिसिआर परिक्षणको संख्या नै घट्दो क्रम भएकै कारण संक्रमितको संख्या कम भएको कुरा स्वास्थ्यकर्मीहरुको भनाई छ ।

संक्रमितको संख्या उच्च स्तरमै रहेको र कूल परीक्षणको ३० देखि ३५ प्रतिशतमा अझै संक्रमण पुष्टि भइरहेको तथ्यांकले देखाईरहेको अवस्थामा कोरोना संक्रमण घट्यो भन्नु नागरिकलाई झुक्याउने जस्तो भएको स्वास्थ्य मन्त्रालय स्रोतको दाबी छ ।

पछिल्लो समय देशभर सरकारी र नीजि गरी ९० वटा ल्याबमा कोरोना परीक्षण हुँदै आएको छ । यसका साथै भारत र नेपालको सिमा नाका तथा स्थानीय स्तरमा एन्टिजेन मार्फत परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले उल्लेख गर्दै आएको छ ।नेपाल समाचारपत्रमा छापिएको छ ।

नमूना संकलन नै कम भएकाले परिक्षण घटेको बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल पनि स्वीकार्नुहुन्छ । उहाँका अनुसार अझै पनि परीक्षणलाई समुदाय स्तरमा लैजान सकिएकै छैन । अहिलेको अवस्थालाई हेर्दा अधिकांस पिसिआर परिक्षण लक्षण देखिएर अस्पतालमा स्वास्थ्य संस्थामा आई नमूना दिनेको मात्र सहज परीक्षण भइरहेको छ । स्थानीय तहमा भएको एन्टिजेन परीक्षणको रिर्पोट कमैमात्र छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर