एमसीसीका कार्यवाहक प्रमुख अधिकृतले नै 'क्षेत्रीय सुरक्षालाई सघाउन' सम्झौताले मद्धत गर्ने भन्दै दवावपुर्ण अभिव्यक्ति दिनुले स्वार्थ उदांग हुन्छ : रावल — OSNepal

एमसीसीका कार्यवाहक प्रमुख अधिकृतले नै ‘क्षेत्रीय सुरक्षालाई सघाउन’ सम्झौताले मद्धत गर्ने भन्दै दवावपुर्ण अभिव्यक्ति दिनुले स्वार्थ उदांग हुन्छ : रावल

LC (KTM) January 18, 2022 0

काठमाडौं ४ माघ । नेकपा एमालेका नेता डा भीम रावलले एमसीसीका कार्यवाहक प्रमुख अधिकृतले नै ‘क्षेत्रीय सुरक्षालाई सघाउन’सम्झौताले मद्धत गर्ने भन्दै अभिव्यक्ति दिनुले स्वार्थ उदांग भएको बताएका छन् । नेता रावलले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।

कान्तिपुरको अन्तरवार्तामा एमसीसीका कार्यवाहक प्रमुख अधिकृतले नै ‘क्षेत्रीय सुरक्षालाई सघाउन’ सम्झौताले मद्धत गर्ने भन्दै दवाव र हस्तक्षेपपूर्ण अभिव्यक्ति दिनु र नेपालको स्वतन्त्रता,स्वाधीनता, स्वाभिमान र हितको आवाजलाई ‘बाहिरी पात्रको प्रभाव’ भन्नु बाट सामरिक स्वार्थ उदांग हुने उनको ठहर छ ।

नेता रावल एमसीसीको पास गर्न नहुने भन्दै यस विषयमा बोल्दै आएका छन् । एमसीसी राष्ट्रघाती भएकाले यो पास गर्न नहुने उनको दावी रहेको छ ।

उनले लेखो छन् , ‘कान्तिपुरको अन्तरवार्तामा एमसीसीका कार्यवाहक प्रमुख अधिकृतले नै ‘क्षेत्रीय सुरक्षालाई सघाउन’सम्झौताले मद्धत गर्ने भन्दै दवाव र हस्तक्षेपपूर्ण अभिव्यक्ति दिनु र नेपालको स्वतन्त्रता,स्वाधीनता, स्वाभिमान र हितको आवाजलाई ‘बाहिरी पात्रको प्रभाव’ भन्नु बाट सामरिक स्वार्थ उदांग हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर