अब माक्स नलगाई अटेरी गर्नेहरुलाई ठाउँको ठाउँ कारबाही गरिन्छ : सीडीओ शर्मा — OSNepal

अब माक्स नलगाई अटेरी गर्नेहरुलाई ठाउँको ठाउँ कारबाही गरिन्छ : सीडीओ शर्मा

LC (KTM) January 18, 2022 0

काठमाडौं ४ माघ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) रुद्रादेवी शर्माले कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य मापदण्डको पालना अनिवार्य भएको बताएकी छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहस सहभागी भएकी सीडीओ शर्माले मास्क लगाउन अटेरी गर्नेलाई ठाउँको ठाउँ कारबाही गरिने भन्दै यस्तो जानकारी दिएका हुन् ।

‘अब मोटरसाइकल(गाडी चढ्ने, बुझेर पनि नबुझेजस्तो गरी माक्स नलगाई अटेरी गर्नेहरु ठाउँको ठाउँ कारबाहीमा पर्छन् । त्यसको नतिजा तपाईंले केही दिनमा देख्नुहुनेछ ।’ कार्यक्रममा उनले भनिन् ।

कोभिड र ननकोभिडका बिरामीले अस्पताल भरिएको बताएकी उनले सीमा नाकामा मास्क प्रयोगमा निगरानी राखिए पनि स्वास्थ्य परीक्षण नभएको बताएकी छन् ।

निजी अस्पताललाई तयारी हालतमा राख्नुपर्ने अवस्था आएको जानकारी दिएकी उनले भनिन् , ‘हामीले उपत्यकामा नागरिकलाई रोकेका छैनौं । साँगामा सशस्त्र र नेपाल प्रहरीबाट सवारी जाँच बढाएका छौं । सवारी साधन धेरै बेर रोक्दा जाम हुन्छ । अब टेस्ट बढाउने सोच छ । यसबारे उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकबाट छिटै निर्णय हुन्छ । ‘

साथै जिल्लामा खोप अभाव नभएको समेत जानकारी दिएकी छन् । ‘सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेपछि खोप केन्द्रमा भीडभाड बढिरहेको छ । सबैको प्रयासले नै हामी सुरक्षित हुने हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर