ठाकुर - महतो र त्रिपाठी नयाँ पार्टी गठनको खोजीमा — OSNepal

ठाकुर – महतो र त्रिपाठी नयाँ पार्टी गठनको खोजीमा

LC (KTM) June 02, 2021 0

जसपाबाट निस्कासित महन्थ ठाकुर, राजेन्द्र महतो र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबीच भेटघाट भएको छ । मंगलबार सिंहदरबारमा तीन नेताबीच भेटघाट भएको जसपा स्रोतको दाबी छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) मा तीनै नेता रहेका थिए । तर, पछिल्लो प्रतिनिधिसभा निर्वाचन ताका त्रिपाठीले छुट्टै राजनीतिक समूह गठन गर्दै एमालेसँग सहकार्य गरेर निर्वाचनमा सहभागी भएका थिए । अहिले उनी स्वास्थ्यमन्त्री छन् ।स्रोतका अनुसार ठाकुर, महतो र त्रिपाठीले नयाँ दल गठन विषयमा छलफल गरेका छन् ।यो समाचार राजधानी दैनिकमा छ ।

जसपा कार्यकारिणी समितिमा अल्पमतमा रहेका ठाकुर र महतो समूहले त्रिपाठीसँग मिलेर पुरानै जसपा ब्युँताउने विषयमा छलफल गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर