मुगुमा पहिलो पटक कोरोनाका कारण एक बृद्धको निधन, मुगुको यो पहिलो घटना — OSNepal

मुगुमा पहिलो पटक कोरोनाका कारण एक बृद्धको निधन, मुगुको यो पहिलो घटना

LC (KTM) June 01, 2021 0

कोरोनाको महामारी बाट अछुतो रहेको नेपालको कुनै जिल्ला छैन । सबै जिल्लामा कोरोना संक्रमित बढिनै रहेका छन् । तर मुगुमा भने कोरोनाका कारण पहिलो पटक एक जना बृद्धले ज्यान गुमाएका छन् ।

जिल्लामा यो नै पहिलो कोरोना संक्रमण बाट ज्यान गएको पहिलो घटना भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले जानकारी दिए ।

ज्यान गुमाउनेमा छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उनी एक हप्ता अघि देखी नै बिरामी थिए । तर ग्रामीण भेग भनेको बेला स्वास्थ्य सुबिधा नपाईने भएकोले घरमै जडिबुटी खाएर बसेका थिए उनी ।

उनलाई गाह्रो भएपछि अस्पताल ल्याउनेक्रममा आज बाटोमा नै निधन भएको थियो। मृत्युपछि गरिएको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको थियो । गत वैशाखदेखि जिल्लामा सङ्क्रमितको सङ्ख्या वृद्धि भएपनि मृत्यु भएको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर