अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्कमञ्च द्वारा जिल्ला अस्पताललाई सहयोग हस्तान्तरण — OSNepal

अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्कमञ्च द्वारा जिल्ला अस्पताललाई सहयोग हस्तान्तरण

LC (KTM) June 01, 2021 0

काठमाडौं । अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्च (Iaco) द्वारा जिल्ला अस्पताल लाई सयोग हस्तान्तरण गरेको छ ।कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व भर छरिएर रहेका अर्घाखाँची बासी एक जुट भएको अवस्थामा अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्च (Iaco) ले जिल्ला अस्पताल लाई सामान हस्तान्तरण गरेको हो।

अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्च (Iaco) ले जिल्ला अस्पताल मा रहेका बिमारी लाई तातोचिसो पानी को समस्या लाई मध्यनजर गर्दै दुई वटा इलेक्टि्रकल वाटर डिस्पेनसरी, दुई वटा जार अस्पतालका डा. कपिल गौतम , अस्पताल कार्यसमितिका अध्यक्ष श्रीकृष्ण भुसाल लाई संस्थाका महासचिव दामोदर भुसाल,संस्थाका सदस्य ईश्वरजङ्ग थापा , पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष अशोक खनाल , पत्रकार हरि भुसाल, लगाएत को उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

महामारी को यस्तो जटिल अवस्थामा अहिले सरोकारवाला सबै पक्षलाई जिल्लाबासी को जिउधन जोगाउनमा केन्द्रित हुन अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्च (Iaco) का अध्यक्ष रन्जित कुमार क्षेत्री ले अनुरोध गरेका छन ।महामारी मा नागरिक को ज्यान भन्दा ठूलो अरु नभएको भन्दै प्रदेशी जिल्लाबासी एकजुट भएकोमा जिल्ला अस्पताल कार्यसमितिका अध्यक्ष श्रीकृष्ण भुसाल ले हार्दिक धन्यवाद समेत व्यक्त गरेका थिए । कोरोना नियन्त्रणको लागि सम्पुर्णको हातेमालो आवश्यक रहेको अध्यक्ष भुसाल ले बताए ।

विभिन्न देशमा रहने अर्घाखाँची बासीको साझा संस्था को रुपमा सन २०१२ मा स्थापना भएको संस्था अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मञ्च ( Iaco) ले जिल्लामा सामाजिक कार्य गर्दै आएको छ । अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्च (Iaco) संस्थाले जिल्ला अस्पतालमा संक्रमित बिमारी को शिघ्र स्वास्थ्य लाभको कामना संगै अस्पतालमा खटिएका डाक्टर कपि गौतम सहितको टिम लाई विशेष धन्यवाद समेत व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर