स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुनु यो भन्दा बढी ओली सरकारको निर्लज्जता के हुनसक्छ ? : देउवा — OSNepal

स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुनु यो भन्दा बढी ओली सरकारको निर्लज्जता के हुनसक्छ ? : देउवा

LC (KTM) May 10, 2021 0

काठमाडौं २७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणबाट नेपाली जनता मरिरहँदा टुलुटुलु हेरिरहेका निरीह प्रधानमन्त्रीले भाषणमा आत्मरति र आत्मप्रशंसा गर्नु विडम्बनाबाहेक केहि नभएकोे बताएका छन् ।

प्रतिनिधि सभालाई सम्बोधन गर्दै देउवाले जनताको लागि अक्सिजनको व्यवस्था गर्न नसक्ने, आक्सिजन बेड, आईसीयू, भेन्टिलेटर र व्यवस्था गन सक्ने सरकार कोरोना संक्रमणको बेला ठूलो तामझामका साथ तयार नै नभएको धरहरा उद्घाटन गर्न जानु गैर जिम्मेवार भएको पनि बताएका छन् । सम्बोधन देउवाले ओलीले भनेका कुरा स्मरण गराउँदै भने,’औषधि नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनुपर्ने छैन भन्ने प्रधामन्त्रीज्यु ‘आज ज्यान गुमाइरहेकाहरु नेपाली होइनन् ? कहाँ गयो तपाईंको प्रतिवद्धता ?’ स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुनु यो भन्दा बढी ओली सरकारको निर्लज्जता के हुनसक्छ ? भन्दै प्रश्न समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर