प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा कोरोनाको आतंक चार सचिवलाई कोरोना संक्रमण पुष्टि — OSNepal

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा कोरोनाको आतंक चार सचिवलाई कोरोना संक्रमण पुष्टि

LC (KTM) January 17, 2022 0

काठमाडौं ३ माघ । तेस्रो लहरको कोभिड १९ कोरोना भाइरसले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा कोरोना भाइरसले त्रसित बनाएको छ ।

चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि त्रसित बनेको सिंहदरवारमा यस अघि नै सबै पास खारेज गरिएको छ ।

यसैगरी प्रधानमन्त्री कार्यालयमा मात्र ४० जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमित मध्ये प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया र कृष्णबहादुर रावत रहेका छन् ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर