भन्सार छली नेपाल भित्र्याइएको पौने छ करोड रुपैयाँभन्दा बढीको माल सामान नियन्त्रणमा — OSNepal

भन्सार छली नेपाल भित्र्याइएको पौने छ करोड रुपैयाँभन्दा बढीको माल सामान नियन्त्रणमा

LC (KTM) June 01, 2021 0

रौतहट, १८ जेठ – सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेडक्वाटर हजमिनिया, रौतहटले आर्थिक वर्ष २०७७÷०७८ मा भन्सार छली नेपाल भित्र्याइएको पौने छ करोड रुपैयाँभन्दा बढीको माल सामान नियन्त्रणमा लिएर कारबाही गरेको छ । भारतबाट अवैध रुपले नेपाल ल्याइएका मोरसाइकल र चारपाङ्गे्र गरी एक सय ४ वटा सवारी साधनलाई कारबाही गर्दा रु एक करोड ६३ लाख ३० हजार ३३ राजस्व संकलन भएको सो गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुरेश सेन ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चौपाया, अण्डा, माछा तथा पशुपंक्षीलाई नियन्त्रणमा लिएर कारबाही गर्दा रु ३६ लाख ६२ हजार ६ सय ३०, तस्करीको लताकपडा नियन्त्रणमा लिएर कारबाही गर्दा रु ३ करोड ९ लाख २० हजार ३ सय २५, अवैध रुपले वन क्षेत्रबाट ल्याइएका सालका काठ नियन्त्रणमा लिएर कारबाही गर्दा ८ लाख ६४ हजार ४ सयोवारमा ५० सङ्कलन भएको छ ।सो अवधी तस्करीमा संलग्न ४६ जनालाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि गौर भन्सार र जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको ओलीले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर