उज्ज्वल थापाको निधनले देउवा दुखी ,भने - नेपाली राजनीतिमा ठूलो क्षति पुग्यो — OSNepal

उज्ज्वल थापाको निधनले देउवा दुखी ,भने – नेपाली राजनीतिमा ठूलो क्षति पुग्यो

LC (KTM) June 01, 2021 0

काठमाडौँ, १८ जेठ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । युवा राजनीतिकर्मी थापाको उपचारका क्रममा आज निधन भएको हो ।

सभापति देउवाले आज शोक वक्तव्यमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथ पार्टी र आफ्ना व्यक्तिगत तर्फबाट शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । उदीयमान युवा नेताका रुपमा आफूलाई स्थापित गर्न सफल थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको सभापति देउवाले जनाउनुभएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर