प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने — OSNepal

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

LC (KTM) January 16, 2022 0

काठमाडौं, २ पुस-प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकारको ६ महिना पूरा भएको अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । यस अवधिमा जनताका लागि गरेका काम र आगामी योजनाका विषयमा देउवाले जानकारी दिने तयारी गरेका हुन् ।

सरकारले पुस २९ गते ६ महिना पूरा गरेको थियो । प्रधानमन्त्री निकट स्रोतले सरकारका उपलब्धि, पारिस्थितिक र चुनौतीका बारेमा सम्बोधन हुन लागेको भए पनि समय र मितिबारे भने टुंगो लागिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर