पूर्वमन्त्री शङ्कर भण्डारीले जिते कोरोना — OSNepal

पूर्वमन्त्री शङ्कर भण्डारीले जिते कोरोना

LC (KTM) May 10, 2021 0

काठमाडौँ, २७ वैशाख – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना सङ्क्रमणका कारण यही वैशाख २० गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा भर्ना हुनुभएका नेता भण्डारी आइतबार राती डिस्चार्ज हुनुभएको हो ।

गृहजिल्ला तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्कनुभएका भण्डारीको यही वैशाख १८ गते स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो । कोरोना सङ्क्रमणसँगै होम आइसोलेसनमा रहनुभएका नेता भण्डारीलाई वैशाख २० गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको थियो । नेता भण्डारीसहित उहाँका श्रीमती र छोरालाई समेत कोरोना सङ्क्रमण देखिएको थियो ।

नेता भण्डारीले डिस्चार्ज भएसँगै आज एक वक्तव्य जारी गरी आफुलाई कोरोना सङ्क्रणबाट मुक्त गराउन अनवरत खटिनुभएका चिकित्सक, नर्स, अस्पताल प्रशासनलाई धन्यवाद दिनुभएको छ । उहाँले आफ्नो स्वास्थ्यका बारेमा चासो राख्ने परिवारजन, इष्टमित्र, पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, पार्टी तथा भ्रातृ संस्थाका नेता कार्यकर्ता र अन्य पार्टीका नेता र जनप्रतिनिधीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर