कोरोना संक्रमण भयावह बन्दै गएपछि सरकारले घोषणा गर्यो विवाहको लगन नजिकिदै गर्दा फेरि अर्को आदेश — OSNepal

कोरोना संक्रमण भयावह बन्दै गएपछि सरकारले घोषणा गर्यो विवाहको लगन नजिकिदै गर्दा फेरि अर्को आदेश

LC (KTM) January 16, 2022 0

काठमाडौं २ माघ । कोभिड १९ कोरोना भाइरसको संक्रमण दिनप्रति दिन बढ्दै गएपछि सरकारले विभिन्न क्षेत्रमा प्रवेश गर्न रोक लगाएको छ ।

सरकारले जारी गरेको पछिल्लो नियम अनुसार एक पटकमा सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा २५ जना मात्र प्रवेश गर्न पाइने भएको छ ।

जसमा मास्कलाई अनिवार्य गरिएको छ । साथै प्यालेसहरुमा विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्नको लागि प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिनुपर्ने भएको छ ।

विवाह जस्ता धार्मिक कार्यमा बढीमा ५० जना मात्र सहभागी हुन पाउने सरकारले अर्को नियम बनाएको छ ।

यस अघि सरकारले माघ १५ गते सम्म जिम तथा फिल्म हल बन्द गर्ने निणर्य गरिसकेको छ ।

साथै १५ गते सम्म देशभर विद्यालय बन्द , २५ जना भन्दा बढी भेला हुन नपाइने आदेश दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर