महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो , यस विषयमा सरकार दृढ र स्पष्ट छ : मन्त्री कार्की — OSNepal

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो , यस विषयमा सरकार दृढ र स्पष्ट छ : मन्त्री कार्की

LC (KTM) January 16, 2022 0

काठमाडौं २ माघ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको बताएका छन् ।

यस तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको भन्दै मन्त्री कार्कीले नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण÷विस्तार रोक्न आग्रह गर्दै आएको बताएका छन् ।

सरकार निणर्य सार्वजनि गर्ने क्रममा आयोजित पत्रकार सम्मेलनमा कार्कीले भनेका छन् , ‘नेपाल–भारतबीच रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धिसम्झौता तथा नक्सा र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रहेको छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर