नेपालले भारतलाई भन्यो - लिपुलेक क्षेत्रमा एकपक्षीय रुपमा भइरहेको सडक निमार्ण रोक — OSNepal

नेपालले भारतलाई भन्यो – लिपुलेक क्षेत्रमा एकपक्षीय रुपमा भइरहेको सडक निमार्ण रोक

LC (KTM) January 16, 2022 0

काठमाडौं २ माघ । नेपाल सरकारले भारतलाई नेपाली भुमिमा बनाएको सडक निमार्ण रोक्न आग्रह गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केहि समय पहिले लिपुलेक क्षेत्रमा सडक विस्तार भइरहेको अभिव्यक्ति दिएपछि यसको चौतर्फी विरोध भइरहेको थियो र सरकारलाई चौतर्फी दवाव आएको थियो ।

यसको बाबजुत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पाली भूभाग भएर जाने कुनै किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताएका छन् ।

सरकारको धारणा सार्वजनिक गर्दै सञ्चारमन्त्री कार्कीले हाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर