कोरोना संक्रमणका कारण प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित — OSNepal

कोरोना संक्रमणका कारण प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित

LC (KTM) January 16, 2022 0

काठमाडौं २ माघ । कोरोना संक्रमणका कारण प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

संघीय संसदका महासचिव भरतराज गौतमले आज आइतबार एक सुचना जारी गर्दै भोली माघ ३ गते बस्ने भनिएको बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

सुचनामा अब प्रतिनिधिसभाको बैठक माघ १६ गते आइतबार दिउँसो १ बजे बस्ने जानकारी गराइएको छ ।

यस भन्दा अघि राष्ट्रिय सभाको बैठक पनि कोरोना संक्रमणकै कारण स्थगित भएको संसद सचिवालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर