वीरगन्ज बेच्न पाइँदैन भन्दै मुख्यमन्त्री राउतको घर नजिकै प्रदर्शन — OSNepal

वीरगन्ज बेच्न पाइँदैन भन्दै मुख्यमन्त्री राउतको घर नजिकै प्रदर्शन

LC (KTM) January 16, 2022 0

काठमाडौं २ माघ । प्रदेश २ को स्थायी राजधानी वीरगन्ज बनाउनु पर्ने माग सहित मुख्यमन्त्री लालबाबु राउतको घर अगाडी प्रदर्शन भएको छ ।

स्थानीय युवाहरुले महानगरपालिका—१३ तेजारथ टोलस्थित मुख्यमन्त्री राउतको घर अगाडि आइतबार प्रर्दशन गरेका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा०का युवा नेताहरुको अगुवाइमा गरिएको प्रर्दशनमा वीरगन्जलाइ राजधानी बनाउनुपर्ने भन्दै वीरगन्ज बेच्न पाइँदैन लगायतका नारा लगाएका छन् ।

प्रदर्शनमा यस्ता मुख्यमन्त्री चाहिँदैन भन्दे नारा समेत लगाएका छन् । प्रदेश २ को राजधानंी र नामको टुंगो लगाउन भोली सोमबार मतदान हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर