बतास समुहले पशुपतिको धर्मशाला आधुनिक होटल जस्तो बनाएको रहेछ : मन्त्री आले — OSNepal

बतास समुहले पशुपतिको धर्मशाला आधुनिक होटल जस्तो बनाएको रहेछ : मन्त्री आले

LC (KTM) January 16, 2022 0

काठमाडौं २ माघ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास समूहले सन्चालन गर्दै आएको धर्मशाला आधुनिक होटल जस्तो रहेको बताएका छन् ।

आइतबार पशुपती क्षेत्र अनुगमन गर्न गएका मन्त्री आलेले आफुले साना ठुला बिचौलिया सबैलाई कारवाही गरेर छाड्ने बताएका छन् ।

मन्त्री आलेले सबै कोठा अनुगमन गरेको बताउँदै कतिपय कोठा प्राइभेटलाई दिएको खुलासा गरेका छन् । पशुपति क्षेत्र विकास कोषसँग अनुमति नलिई काम गरेको पाइएको बताएका उनले यसबारे छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने बताएका छन् ।

उक्त प्रतिवेदन पछि मात्र कारवाही प्रक्रिया अगाडी बढाइने बताएका छन् । ‘छानबिन प्रतिवेदन आइसकेपछि दूधको दूध पानीको पानी हुन्छ ।’ साना देखि ठुला सबै कारवाहीमा पर्ने उनले दावी गरेका छन् ।

यो पनि…

बतास समुहबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गर्न पुगे : मन्त्री आले

काठमाडौं २ माघ । बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले पशुपती क्षेत्र पुगेका छन् ।

धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समुहको आलोचना भएपछि मन्त्री आले त्यसतर्फ प्रस्थान गरेकाक हुन् ।

भारत सरकारको सहयोगमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा बतास समुहले होटल आनन्द’ चलाइरहेको छ ।

पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशालालाई होटल बनाई बतास समुहले आफ्नो फाउन्डेसनको निजी कार्यालय, अधिवक्ताको कार्यालय समेत राखेको छ ।

सत्यतथ्य बुझेपछि मात्र यस विषयमा अगाडी बढ्ने मन्त्री आलेले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर