बतास समुहबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गर्न पुगे मन्त्री आले — OSNepal

बतास समुहबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गर्न पुगे मन्त्री आले

LC (KTM) January 16, 2022 0

काठमाडौं २ माघ । बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले पशुपती क्षेत्र पुगेका छन् ।

धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समुहको आलोचना भएपछि मन्त्री आले त्यसतर्फ प्रस्थान गरेकाक हुन् । भारत सरकारको सहयोगमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा बतास समुहले होटल आनन्द’ चलाइरहेको छ ।

पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशालालाई होटल बनाई बतास समुहले आफ्नो फाउन्डेसनको निजी कार्यालय, अधिवक्ताको कार्यालय समेत राखेको छ ।

सत्यतथ्य बुझेपछि मात्र यस विषयमा अगाडी बढ्ने मन्त्री आलेले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर