१३ करोड राजस्व सरकारलाई नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालक त्रिभुवन विमानस्थलबाट मन्त्री आलेको निर्देशनमा पक्राउ — OSNepal

१३ करोड राजस्व सरकारलाई नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालक त्रिभुवन विमानस्थलबाट मन्त्री आलेको निर्देशनमा पक्राउ

LC (KTM) January 16, 2022 0

काठमाडौं २ माघ । एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभर पक्राउ परेका छन् । नेपाल सरकारलाई १३ करोड रुपैयाँ राजस्व नतिरि नेपाल छाड्न लागेका बोल्सोभरलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट पक्राउ गरिएको हो ।

ओसीपी एसियाको लगानीमा साङ्ग्रिला होटल लाजिम्पाट र भैरहवामा रहेको टाइगर प्यालेसमा सञ्चालित दुई वटा क्यासिनोको राजस्व नतिरिइ गएराति नेपाल छाड्न लागेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले क्यासिनो सञ्चालन गरेबापत राजस्व नतिरिइ भाग्न लाग्दा उनलाई पक्राउ गरिएको हो ।

गएराति १० बजे साउथ अमेरिका उड्न लागेका उनलाई मन्त्री आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको निर्देशनमा विमानस्थलबाटै नियन्त्रणमा लिइएको बताइएको छ । दुई वटा क्यासिनोले प्रति क्यासिनो ६ करोड ५० लाख रुपैयाँका दरले दुई क्यासिनोको १३ करोड रुपैयाँ पुस मसान्तभित्र दाखिला गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्री आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको निर्देशनमा क्यासिनोका निमित्त सीईओ बोल्सोभरलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको बताइएको छ ।

नेपालमा सञ्चालनमा आएका ८ वटा क्यासिनोले भने , कम्तीमा पनि ४० करोड रुपैयाँ सरकारको खातामा राजस्व दाखिला गरेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर