नेता भट्टराईको बचाउ गर्दै रिजालले भने, नारायणहिटी पर्यटकीय ठाउँ हो भने , क्याफ्टेरिया चलाउन दिनु कुनै अपराध होइन — OSNepal

नेता भट्टराईको बचाउ गर्दै रिजालले भने, नारायणहिटी पर्यटकीय ठाउँ हो भने , क्याफ्टेरिया चलाउन दिनु कुनै अपराध होइन

LC (KTM) January 16, 2022 0

काठमाडौं २ माघ । नेकपा एमालेका केन्द्रिय सदस्य नेता विष्णु रिजालले गठवन्धन सरकारले सन्तोषजनक काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसमा नेता रिजालले एमालेलाई हटाएर सत्तामा आउनु नै गठबन्धन सरकारको महान् उपलब्धि भएको भन्दै टिप्पणी गरेका हुन् ।

‘वितेका ६ महिनामा सरकारले खोपलाई नै सबभन्दा ठूलो उपलब्धिका रुपमा चित्रण गरेको छ । एक करोड खोप मौज्दात छ भन्छ तर त्यसको पनि व्यवस्थापन छैन । अहिले हाहाकार छ । ३५ प्रतिशत जनताले पनि पूर्ण खोप नपाएको स्थितिमा सार्वजनिक सेवा लिन खोप कार्ड चाहिने निर्णय कति पूर्वाग्रही छ ?’ कार्यक्रममा उनले भने ।

नेपाली भूमि फिर्ताका लागि सरकारले चाल्ने हरेक कदममा एमालेको समर्थन रहने बताएका उनले सरकारले आफ्ना धारणा स्पष्ट नगर्दै एमालेले एमसीसीमा कार्ड नखोल्ने स्पष्ट समेत पारेका छन् ।

कार्यक्रममा उनले पुर्वमन्त्री योगेश भट्टराईको नारायणहिटी संग्रालयको विषयमा कुनै संलग्नता नभएको समेत दावी गरेका छन् । नारायणहिटी पर्यटकीय ठाउँ भइसकोले त्यहाँ क्याफ्टेरिया चलाउन दिनु कुनै अपराध नभएको भन्दै उनले नारायणहिटी राजदरबार संग्रहालयको जग्गा भाडामा दिनु गलत नभएको जिकिर गरेका छन् ।

‘त्यो पर्यटकीय ठाउँ हो भने आधारभूत सुविधा त दिनुपर्छ नि । क्याफ्टेरिया चलाउन दिनु अपराध हो र ? यति सामान्य विषयमा पनि चरित्रहत्या गर्नु अन्याय हुन्छ । यो निर्णय हिजो पनि ठीक थियो, आज पनि ठीक छ, भोलि पनि हुनेछ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर