कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दिदा २१ वर्षीय युवकको ज्यान गयो — OSNepal

कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दिदा २१ वर्षीय युवकको ज्यान गयो

LC (KTM) January 16, 2022 0

काठमाडौं २ माघ । काठमाडौंस्थित कलंकीमा बसको ठक्करबाट एक जनाको ज्यान गएको भने , एक जना गम्भिर घाइते भएका छन् ।

शनिबार बेलुकी ७ बजे स्वयम्भूतर्फ जाँदै गरेको बा ६ ख १४५९ नम्बरको बसले बागमती प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार पछाडि बस्ने एक ज्यान गएको हो ।

ज्यान गुमाउनेमा रुकुमपूर्व घर भई काठमाडौंको मनमैजु बस्ने २१ वर्षीय संगीत बुढामगर रहेका छन् । दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको क्रममा कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा हिजो शनिबार ८ बजे ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक रुकुमपूर्व घर भई काठमाडौंको बसन्तपुर बस्ने २३ वर्षीय विवित बुढामगरको भने कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना पछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर