ये रिश्ता क्या कहलाता है’ अभिनेता करणले आफ्नै श्रीमती संग राम्रो रिश्ता राख्न सकेनन् , अन्ततः प्रहरी खोरमा किन पुगे त करण  — OSNepal

ये रिश्ता क्या कहलाता है’ अभिनेता करणले आफ्नै श्रीमती संग राम्रो रिश्ता राख्न सकेनन् , अन्ततः प्रहरी खोरमा किन पुगे त करण 

LC (KTM) June 01, 2021 0

भारतीय मनोरञ्जनको क्षेत्रमा प्रत्येक दिन अनेक उत्तार चढावहरु आईरहन्छ । यौन शोषण, बलात्कार, घरेलु हिंशा , नेपोटिज्म जस्ता बिषयले माहौल निक्कै तताउने गरेको छ । भारतीय मनोरञ्जनको क्षेत्रमा अहिले एउटा बिषयले खुबै चर्चा पाएको छ त्यो हो आफ्नै श्रीमतीले उजुरी गरेपछि श्रीमान पक्राउ परेका छन् ।

ये रिश्ता क्या कहलाता है’ नामको सिरियलमा नैतिक सिंघानियाको भूमिका निभाएर चर्चित भएका अभिनेता करण मेहरालाई प्रहरीले सोमबार राती पक्राउ गरेको छ । करणकी श्रीमती तथा नायिका निशा रावलकै उजुरीमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पति संगको विवादपछि गोरेगांव एरियामा करणविरुद्ध उनले ऊजुरी दर्ता गरेकी छिन् । केही समय अघि उनीहरु दुबै बीच बैबाहिक जिवनमा खटपट रहेको समाचार आएको थियो । तर यस बिषयलाई निशा आफैले कडा बिरोध गरेकी थिईन् ।

फेरि एक्कासी आफ्नै श्रीमान् बिरुद्ध मुद्धा दायर गर्नुले बैबाहिक जिवनमा बेमेल सिर्जना भएको भन्ने पुष्टि भएको छ । निशा र करण सन् २०१२ मा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुका एक छोरा पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर