पर्दाका गुण्डा रियल लाईफको हिरो, सोनू सूदलाई प्रधानमन्त्री बनाउन चौतर्फि माग, नायिका हुमा कुरेसीले पनि यहि गरिन् माग — OSNepal

पर्दाका गुण्डा रियल लाईफको हिरो, सोनू सूदलाई प्रधानमन्त्री बनाउन चौतर्फि माग, नायिका हुमा कुरेसीले पनि यहि गरिन् माग

LC (KTM) June 01, 2021 0

बलिउडका अभिनेता सोनू सुद पर्दामा नेगेटिभ रोलमा देखिए पनि उनको रियल लाईफमा भने हिरो जत्तिकै भएर उदाएका छन् । अहिलेको कोरोनाको यो महामारीको बेला उनको सहयोग र खटाई देखेर सबै छक्क पर्ने गरेका छन् ।

हरेक बिपतमा परेकाहरुका लागि सोनू सूद यतिबेला भगवान बनेर आएका छन् । कोरोनाको महामारीको बेला उनले गरेको यो कार्यले उनको चौतर्फि चर्चा भइरहेको छ । सरकार पुग्न नसकेको ठाउँमा समेत उनी पुगिरहेका छन् ।

यसैबेला एउटा आवाज निस्कन थालेको छ उनका बारेमा । यति धेरै जनताका लागि खट्ने मान्छेलाई प्रधानमन्त्री किन नबनाउने भन्ने । अरु त कुरै छोडौ स्यंम बलिउडका स्टारहरुले नै उनलाई भारतको प्रधानमन्त्रीको रुपमा हेर्न चाहेको बताएका छन् ।

यसअघि राखी सावन्तले सोनू सूदलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहेको बताईरहदा बलिउडकी अर्की नायिकाले समेत सोनुलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहेको उल्लेख गरेकी छिन् । बलिउड नायिका हुमा कुरेसीले सोनुलाई आफूले प्रधानमन्त्रीको रुपमा हेर्न चाहेको उल्लेख गरेकी हुन् ।

उनले एक भारतीय न्यूज साइटसँग कुरा गर्दै यो चाहना व्यक्त गरेकी हुन् । बलिउडको एक राम्रो राजनेता को हुनसक्छ भन्ने प्रश्नमा हुमाले भनेकी छिन्–‘इमान्दारिताका साथ भन्नुपर्दा सोनु सुदलाई चुनावमा लड्न आवश्यक छ । म उनलाई भोट दिनेछु । म सोनुलाई भारतको प्रधानमन्त्रीको रुपमा हेर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर