देउवाको प्रश्न ओलीलाई- संक्रमण बढिरहेको बेला तामझामका साथ धरहरा उद्घाटन गर्न किन जानुपर्थ्यो ? — OSNepal

देउवाको प्रश्न ओलीलाई- संक्रमण बढिरहेको बेला तामझामका साथ धरहरा उद्घाटन गर्न किन जानुपर्थ्यो ?

LC (KTM) May 10, 2021 0

काठमाडौं २७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कारणले गर्दा आज तीन वर्ष नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्थामा आएको आरोप लगाएका छन् ।

रोना रोकथाम तथा नियन्त्रणको लागि वर्तमान सरकार जिम्मेवार नबनेको भन्दै देउवाले आफ्ना जनताको लागि अस्पतालको बेड समेत दिन नसक्नु यो भन्दा बढी यो सरकारको के बिडम्बना हुन्छ भन्दै ओली सरकार पुर्ण रुपमा असफल भएको बताएका छन् । आज सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै गर्दा देउवाले सम्बोधनमा यस्तो टिप्पणी गरेका हुन् । सम्बोधनमा देउवाले आफू कार्यकारी भएर काम गर्न नसक्ने अरुमाथि दोष थुपार्ने ? भन्दै प्रश्न समेत गरेका छन् । ‘कोरोनाको खोप ल्याउने कुरामा भ्रष्टचारले रोकेको सार्वजनिक भइसकेको छ, संक्रमण बढिरहेको बेला तामझामका साथ धरहरा उद्घाटन गर्न किन जानुपर्थ्यो ?देउवाले फेरि प्रश्न गरे ।

उनले अघिल्लो संक्रमणमा पनि सरकारले भ्रष्टाचार र व्यापारिक घरानालाई फाइदा पुर्याउने काम गरेको देउवाको आरोप छ । सरकारले सुशासनको प्रत्याभुति गर्न नसकेको पनि देउवाको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर