गोंगबु कलंकी लगायतका यी क्षेत्रका होटेललाई क्वारेन्टिन नबनाइने — OSNepal

गोंगबु कलंकी लगायतका यी क्षेत्रका होटेललाई क्वारेन्टिन नबनाइने

LC (KTM) June 01, 2021 0

काठमाडौँ १८ जेठ । वैदेशिक रोजगारीको क्रममा खाडी मुलुकबाट नेपाल आउने सबै नेपाली श्रमिकहरुले ५ दिन होटलको क्वारेन्टिमा बस्नु पर्ने भएको छ । सरकारले केहि मुलुकमा दुईतर्फी उडान सुरु गरेपछि विदेशबाट आउने श्रमिकले पाँच दिनमा होटलमा बसे पुग्ने भएको छ ।

पाँच दिनपछि कोरोना रिर्पोट नेगेटिभ आयो भने १० दिन होम क्वारेन्टिनमा बस्ने गरी घर जान दिइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले दिएको जानकारी अनुसार सरकारले भारतमा साताको दुई र अन्य तीन मुलुक चीन, कतारमा साताको एक/एक वटा दुईतर्फी उडान गर्ने निणर्य गरेपछि यस्तो निणर्य गरिएको हो ।

तथापी ,मन्त्रालयका सचिव कोइरालाका अनुसार विदेशबाट आएका तथा अन्य ठाउँबाट आएका व्यक्तिको लागि ठमेल, सुन्धारा, गोंगबु र कलंकी क्षेत्रका होटेलमा क्वारेन्टिन नबनाइने भएको छ । बाक्लो बस्तीका कारण संक्रमण फैलिने आशंकामा यस्तो नियम बनाइएको मन्त्रालयले जनाएको छ । कुन ठाउँको होटललाई क्वारेन्टि बनाउने भन्ने जिम्मा पर्यटन विभागलाई दिइएको पनि जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर