ललितपुर -नेपाल मेडिसिटी अस्पतालले विवेकशील साझा पार्टीका पूर्व नेता तथा अभियन्ता उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे सामाजिक संजालमा आएका खबर निराधार भएको बताएको छ ।
मेडिसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा। राज राणाले सामाजिक संजालमा आएका कुराहरु सबै गलत भएको उनको उपचार जारी रहेको बताए ।
उनले थापाको उपचार एक्मो प्रविधिबाट गरिरहेको बताए । कोरोना संक्रमणपछि गम्भीर बिरामी भएका उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । केही बेर अघि मात्र थापालाई भेीनटलेरबाट निकालेको समाचार बाहिर आएको थियो ।