काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर राणाले चुरे क्षेत्रमा ढुंगा, गिट्टी र बालुवाको निकासी फुकुवा गर्ने हचुवाको निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् । अत्याधिक दोहन रोक्न गरिएको पछिल्लो निर्णयबाट सरकार पछि हटेको अध्यक्ष राणाको भनाइ छ । सरकारको पछिल्लो कदमलाई उनले अविवेकी, अहितकरको संज्ञा दिएका छन् ।
एक्कासी निर्णय बदल्नुको कारण सरकारले स्थापित गर्न नसकेको राणाको आरोप छ ।कुनै ठोस योजना बिना गरिएको निर्णयले चुरेभावर, तराई क्षेत्रमा प्राकृतिक सम्पदाको दोहन निश्चित भएको भन्दै राणाले चिन्ता व्यक्त गरेका छन् ।
मंगलबार ट्वीट गर्दै उनले भने, ‘अत्याधिक दोहन रोक्न गरिएको निर्णय किन बदल्न पर्यो सरकार नाजवाफ छ । अविवेकी, अहितकर निर्णय फिर्ता लिइयोस् ।’ णाले भने, ‘सरकारले खानीजन्य ढुंगा, गिट्टी, बालुवाको निकासी एक्कासी फुकुवा गरेको छ । ठोस योजना बिना, हचुवाको निर्णयले चुरेभावर, तराई क्षेत्रमा प्राकृतिक सम्पदाको दोहन हुने निश्चित देखिन्छ ।’