माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सर्वोच्च अदालत पुगे — OSNepal

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सर्वोच्च अदालत पुगे

LC (KTM) January 13, 2022 0

काठमाडौं २९ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् । प्रचण्डले आफ्नो पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका जनप्रतिनिधिहरुलाई पदमुक्त गर्न भन्दै सर्वोच्च अदालत पुगेका हुन् ।

यसअघि निर्वाचन आयोगबाट पदमुक्त गरेका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्ने सर्वोच्चको अन्तरिम आदेशको खारेजको माग गर्दै प्रचण्ड सर्वोच्च पुगेका हुन् ।

प्रदेश २ कामात्रै ७ जना मेयर, १० जना उपमेयर र ८० जनाभन्दा बढी वडाध्यक्षसहितका स्थानीय जनप्रतिनिधि ले माओवादी केन्द्र छाडी एमालेमा प्रवेश गरेका थिए ।

सर्वोच्चले एमालेमा प्रवेश गरेका विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न नरोक्नू भनेपछि सो आदेश खारेज गर्न भन्दै प्रचण्डले सर्वोच्चमा माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर