काठमाडौं २९ पौष । कोरोना संक्रमणका कारण आज बिहिबार बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक अनिश्चत भएको छ ।
राजनैतिक दलहरुको शिर्ष नेताहरुलाई नै कोरोना संक्रमण भएकाले बैठक अनिश्चित बनेको हो ।
साथै प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो पटक कन्ट्रायक ट्रेसिङमा परेपछि आज पुन पिसिआर परिक्षण गराउने भएका छन् ।
हरेक हप्ताको सोमबार र बिहिबार नियमित बस्दै आएको मन्त्रिपरिाषद्को बैठक कोरोनाको कारण बस्न सकेको छैन ।