काठमाडौं २९ पौष । नेकपा एमालेका नेता डा भीम रावलले बालुवाटार, ललिता निवास प्रकरणमा सरकार र सरकारी वकिलले के–केमा अनुसन्धान नपुगेको हो त्यो स्पष्ट पार्नु पर्ने बताएका छन् ।
नेता रावलले टुवीटर मार्फत खुलासा पार्नुपर्ने भन्दै अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ भनेका छन् । अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के–केमा नपुगेको हो, खुलस्त गर्नुपर्छ । अन्यथा, सरकार अपराधको मतियार ठहरिने उनको भनाइ रहेको छ ।
प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार, ललिता निवाससम्बन्धी मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछाडी कतै मुद्दा फासफुस गर्ने चाल त छैन भन्दै नेता रावलले प्रशन गरेका छन् ।
उनले भनेका छन् , ‘प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार, ललिता निवाससम्बन्धी मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन ? अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के–केमा नपुगेको हो, खुलस्त गर्नुपर्छ । अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ ।’
नेता रावलको ट्वीट् “प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार, ललिता निवाससम्बन्धी मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन ? अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के–केमा नपुगेको हो, खुलस्त गर्नुपर्छ । अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ ।”