बागलुङमा चट्याङ लागेर १२ वर्षीय बालकको मृ त्यु — OSNepal

बागलुङमा चट्याङ लागेर १२ वर्षीय बालकको मृ त्यु

LC (KTM) June 01, 2021 0

बागलुङ- आज अपराह्न परेको चट्याङ लागेर बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको ज्या न गएको छ बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको घर नजीकै परेको चट्याङ लागेर गम्भीर घाइते भएकामा उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा मृ त्यु भएको गाउँपालिकाबाट राजन पाइजाले जानकारी दिनुभयो

पहिराले स्वास्थ्यचौकी उच्च जोखिममा:- बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्य चौकी पहिराको उच्च जोखिममा परहेको छ । निरन्तरको वर्षात्का कारण स्वास्थ्यचौकी भवन मुनी पहिरो गएका कारण स्वास्थ्यचौकी भवन जोखिममा परेको छ भने लामिचौर हुँदै बौडैचौर चापाखर्क जाने सकड बन्द भएको छ ।दुई वर्ष पहिला निर्माण भएको उक्त स्वास्थ्य चौकीको नयाँ भवन मुनि गत वर्ष पहिरो जाँदा भवन चर्किएको थियो । लगातारको चार दिन परेको वर्षाका कारण पहिरो बढेर स्वास्थ्य चौकीमुनीको सडकसमेत बन्द गरेको स्वास्थ्य चौकी इन्चार्ज विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । पहरोको उच्च जोखिममा रहेर भवनसमेत चर्केको अवस्थामा उपचार सेवासमेत प्रभावित हुनसक्ने उहाँको भनाइ छ । बागलुङ नगरपालिकादेखि लामाचौर हुँदै बौडैचौर जाने सडकको घुम्तीदेखि पहिरो गएका कारण स्वास्थ्य चौकी पूर्ण खतरामा रहेको र सडकसमेतको विकल्प खोज्नुपर्ने अवस्था छ ।

“स्वास्थ्य चौकीको खानेपानी ट्याङ्की गत वर्ष नै भासिएको थियो, अहिले त झन पहिरो बढेर सडकसमेत पुरेको छ, भवनको केही भाग चर्किएको छ”, शर्माले भन्नुभयो, “भवन निर्माण गर्दा उपयुक्त जग्गा छनोट नभएका कारण र अव्यवस्थित सडकका कारण स्वास्थ्यचौकी पहिरोको जोखिममा परेको छ ।”

तत्कालै पहिरोको विषयमा बागलुङ नगरपालिकालाई जानकारी गराएपछि नगरप्रमुख जनकराज पौडेलले सोमबार जोखिममा रहेको स्वास्थ्य चौकीको अवलोकन गर्नुभएको थियो । नगरप्रमुख पौडेलले ततलै सडकबाट ग्याविन राखेर सडक खुलाउने र स्वास्थ्यचौकीको पहिरो रोकथाम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । तत्कालै समस्याको समाधानतर्फ नलाग्ने हो भने स्वास्थ्य चौकी विस्थापित हुने खतरा भएको स्थानीयको गुनासो छ । स्वास्थ्य चौकीको अग्रभागको ढलान छिया–छिया भएर चर्किएको छ ।

भवनको कम्पाउण्ड भत्किएको छ । झण्डै एक करोड ८२ लाखको लागतमा निर्माण गरिएको उक्त भवन दुई वर्षमै जोखिममा पर्नु पूर्वसावधानी नअपनाउँदा भएको स्थानीयको भनाइ छ । सरकारले भवन निर्माण गर्न बजेट दिए पनि उपयुक्त जग्गा व्यवस्थापन नभई दाताको जग्गामा भवन निर्माण गर्दा जोखिममा परेको बागलुङ नगरपालिका–८ का वडाअध्यक्ष राजन जिसीले जानकारी दिनुभयो ।झण्डै २५० मिटर तलबाट निरन्तर पहिरो बगिरहेको छ । पहिराले स्वास्थ्य चौकी मुनीका तीन घरसमेत उच्च जोखिममा पारेको छ । पहिरोका कारण स्वास्थ्य चौकी मुनीका घरमा निरन्तर ढुङ्गा खसिरहेका छन् । पहिरो तत्काल रोकथामका लागि नगरपालिकाले पहलकदमी थालेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर