काठमाडौँ, १८ जेठ – नेपाली र चिनियाँ संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले निःशुल्क कोभिडविरुद्धको खोप ढुवानी गर्ने भएको छ । चिनियाँ सरकारले अनुदानस्वरुप नेपाल सरकारलाई दिएको १० लाख मात्रा खोपमध्ये हिमालयले दुई लाख मात्रा खोप निःशुल्क ढुवानी गर्ने भएको हो ।
उक्त खोप चार उडान तथा अवतरणमार्फत ल्याइने एयरलायन्सका वरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो खेपको खोप आज बिहान १०५ बाकस काठमाडाँै ल्याइसकिएको छ । चीनको कुनमिङबाट ल्याइएको उक्त खोप आज बिहान ६ः२८ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइसकेको छ ।
दुई लाख मात्र खोप ४१७ बाकसमा राखिएको जनाइएको छ । बाँकी खोप लिन हवाइजहाज बुधबार पुनः चीन जानेछ । चार निःशुल्क कार्गो उडान सञ्चालन गर्दा एयरलायन्सले अमेरिकी डलर एक ला ९२ हजार अर्थात् नेपाली रु दुई करोड २५ लाख बराबरको आर्थिक योगदान गर्ने श्रेष्ठले जानकारी दिनुभयो । कोभिडको महामारीको शुरुदेखि नै एअरलाइन्सले नेपाल सरकार र नेपाली जनतालाई सहयोग गर्दै आएको छ । सहयोगस्वरुप यसअघि एअरलाइन्सले सरकारको कोभिड–१९ नियन्त्रण कोषमा रु एक करोड जम्मा गरेको थियो ।
यस्तै आम्दा हस्पिटल ९दमक०, लुम्बिनी प्रदेशस्थित गुल्मीको विपद् व्यवस्थापन केन्द्र, शहीद ग¬ङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर, मनमोहन मेमोरियल सामुदायिक हस्पिटललगायत संस्थालाई एयरलाइन्सले पिसिआर परीक्षण गर्ने मेसिन, पोर्टेबल भेन्टिलेटर, इन्फ्रारेड थर्मामिटर, पिपिई आदि सहयोग गरिसकेको छ । (रासस)