जहाँ अझै फैलिइसकेको छैन कोरोना — OSNepal

जहाँ अझै फैलिइसकेको छैन कोरोना

LC (KTM) January 12, 2022 0

अर्घाखाँची, २८ पुस – कुनै समय थियो, अर्घाखाँची अस्पताल कोभिडका बिरामीले भरिभराउ हुन्थ्यो । अस्पतालमा बेड पाउनु पनि एक खालको युद्ध जिते जस्तै हुन्थ्यो । लौन मेरा बिरामीको लागि बेड मिलाइदिनुपर्‍यो भनेर फोन उठान भ्याई नभ्याई हुन्थ्यो अस्पतालका कर्मचारीहरूलाई ।

तर, अहिले अवस्था बदलिएको छ । कोभिडका बिरामीले भरिभराउ हुने अस्पताल सुनसान छ । कोभिडको जोखिमका कारण सामान्य बिरामी सकेसम्म अस्पताल आउन खोज्दैनन् भने कोभिडका बिरामी अर्घाखाँचीमा कम देखिएका छन् ।

आज मात्रै अर्घाखाँचीमा कोभिडका १४ जना नयाँ संक्रमित थपिएका छन् । विगत १५ दिन यता अर्घाखाँची अस्पतालमा कुनै पनि कोभिडका बिरामी भर्ना भएका छैनन् ।

अर्घाखाँची अस्पतालका सूचना अधिकारी निम रानाका अनुसार हालसम्म अर्घाखाँची अस्पतालमा ९ सय २१ जना कोभिडका बिरामी भर्ना भएका छन् । जसमध्ये ८ सय ४७ जना निको भएर घर फर्किएका छन् भने ५० जनालाई रिफर गरिएको छ ।

उपचारको क्रममा हालसम्म अर्घाखाँची अस्पतालमा २४ जनाले ज्यान गुमाएका छन् । हालसम्म अर्घाखाँची जिल्लामा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर