बुबा आमाको विश्वासमा परेर आँफुले नहेरी विबाह गरेर गएकी पत्निलाई भयो यति ठूलो धोका — OSNepal

बुबा आमाको विश्वासमा परेर आँफुले नहेरी विबाह गरेर गएकी पत्निलाई भयो यति ठूलो धोका

LC (KTM) June 01, 2021 0

काठमाडौं- उनको विवाह भएको ८ वर्ष भयो । उनलाई विवाह गर्ने मन पनि थिएन । जो संग विवाह भयो उनको पहिला नै विवाह भइसकेको रहेछ । सानो छोराले मलाई केही खान मन लागेको छ बुवा पैसा दिनुन भन्दा पनि बुवाको छोरा प्रति मन पलाएन । यस्तो श्रीमानसंग म बस्न सक्दिन म कमाएर तिर्छु बरु भनेर समाजकै अगाडी ब्याजमा २ लाख रुपैया लिएर घर छोडेर हिडेको बताइन् ।

नवलपुरकी सुनिता धिमालको श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा थिए । उनले सुरुमा विक्रमले राम्रै ब्यवहार गरे । तर पछि पैसा पठाउन पनि छोडे । उनको मागी विवाह भएको थियो । उनले विवाह गर्नु अघि केटाको अनुहार पनि देखेकी थिइनन् । चुरोट र क्सी खाने वानी थियो । गाँ जा पनि खाने रहेछन् । त्यो कुरा मलाई थाहा थिएन । तर पछि यस्तो कुरा थाहा पाएँ । विवाह भएर घर गए लगत्तै उनले या त ना दिन थाले ।

म ९ मा पढ्दै थिए । केटा देखाउन ल्याए । मलाइ विवाह गर्न मन थिएन । तर केटा ल्याउने मान्छे र वुवा आमाले मलाई त्यसैसंग विवाह गर्न द’वाव दिए । माग्न आएकै दिन भाका राखेर टिका लगाएर पठाइदिए । टिका लगाएर गएको केही दिन पछि लिन आए अनि मलाई मन नलागी नलागी पठाइदिए । म विवाह गरेर गएपछि अर्को कुरा थाहा भयो श्रीमानले मलाई विवाह गर्नु अघि दुईवटा विवाह गरिसकेका रहेछन् ।

उनीहरुको उमेर एउटै छ । दिन र महिना पनि एउटै छ । २५ वर्षको उनले तेस्रो विवाह गरेका थिए । तर त्यो कुरा उनले विवाह गरेर घर गएपछि थाहा पाएको बताइन् । आमा सानोमा बितेका रहेछन् । श्रीमानले पनि पढेका छैनन् । केटा १३ महिनाको हुँदा नै आमा वितेका कारण उनले पढ्न पाएनन् । तर उनले तेस्रो श्रीमतीलाई पनि या त ना दिएका कारण श्रीमतीले उनको नामको सिन्दुर पनि लगाउन छा्डिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर