उपराष्ट्रपति र छ जना मन्त्री कोरोना संक्रमण पुष्टि — OSNepal

उपराष्ट्रपति र छ जना मन्त्री कोरोना संक्रमण पुष्टि

LC (KTM) January 12, 2022 0

एजेन्सी २८ पौष । बोलिभियाका उपराष्ट्रपति र छ जना मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । उपराष्ट्रपति डेभिड चोक्वेहुअन्कासहित छ मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपतिको कार्यालयद्धारा जारी वक्तव्यमा सङ्क्रमित सवैको अवस्था सामान्य रहेको र उनीहरुको उपचार भइरहेको उल्लेख गरिएको छ ।

उनीहरु मध्ये मन्त्रीहरु सवैले कोरोनाभाइरसविरुद्धको दोस्रो मात्रा खोप समेत लगाइसक्नु भएको थियो भने उपराष्ट्रपति डेभिडले पहिलो खोप मात्रै लगायका थिए ।

“उहाँहरु सवैको अवस्था स्थिर र सामान्य नै रहेको छ र सवै जना आइसोलेसनमा बस्नु भएको छ,” वक्तव्यमा लेखिएको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार बोलिभियामा अहिलेसम्म छ लाख ८६ हजार २३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

त्यसैगरी कोरोनाका कारण १९ हजार ९९९ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर