स्याङ्जा वालिङमा १६ महिने एक बालकको घाँटीमा चक्कु प्रहार गरि हत्या — OSNepal

स्याङ्जा वालिङमा १६ महिने एक बालकको घाँटीमा चक्कु प्रहार गरि हत्या

LC (KTM) January 12, 2022 0

काठमाडौं २८ पौष । एक १६ महिने बच्चाको चक्कु हानी हत्या भएको छ । स्याङ्जा वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा १६ महिनाको साइमन गुरुङ चक्कु प्रहारबाट ज्यान गएको हो ।

उक्त बालकको हत्या गरेको अभियोगमा सोही घरमा डेरागरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले दिएको जानकारी अनुसार दिउँसो १ बजे चक्कु प्रहारबाट गम्भिर घाइते भएका बालकलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा डाटरले मृत घोषण गरिदिएको बताएका छन् ।

बालकको घाँटीमा चक्कु प्रहारबाट ज्यान गएको प्रहरीले जनाएको छ । बालक सहित बालकको पाँच वर्षीषा साइना घाइते भएकी छन् ।

घटना हुनुको कारण भने नखुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर