काठमाडौं २८ पौष । निवार्चन आयोगले सर्वदलीय बैठक बोलाएको छ । आयोगले शुक्रबार बिहान ११ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएको हो ।
बैठकमा तीन वटा विषयमा छलफल गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका छन् ।
बैठकमा स्थानीय तहको निर्वाचन,राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुने प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिएका छन् ।
दलहरुलाई तीनवटा विषयमा छलफल हुन्छ भनेर विषय तोकेर पठाएका जानकारी समेत उनले दिएका छन् ।