विश्वकै कमजोर पासपोर्टमा नेपालको पासपोर्ट सातौं स्थानमा पर्दा विश्वै शक्तिशाली पासपोर्टको रुपमा जापान र सिंगापुर — OSNepal

विश्वकै कमजोर पासपोर्टमा नेपालको पासपोर्ट सातौं स्थानमा पर्दा विश्वै शक्तिशाली पासपोर्टको रुपमा जापान र सिंगापुर

LC (KTM) January 12, 2022 0

काठमाडौं २८ पौष । नेपालको पासपोर्ट विश्वकै ७ औं स्थानमा कमजोर सुचीमा परेको छ । पहिलो स्थानमा अफगानिस्तानको पासर्पोट छ ।

बेलायतको हेन्ली एण्ड पार्टनर्सले गरेको सर्वेक्षणमा अनुसार कमजोर पासपोर्टको सुचीमा नेपाल सातौंमा पर्दा अफगानिस्तान पहिलो नम्बरमा परेको हो ।

सन् २००६ देखि निरन्तर विश्वका शक्तिशाली पासपोर्टको मापन गर्दै आएको हेन्ली एण्ड पार्टनर्स विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता कम्पनी हो ।

उक्त तथ्याङ अनुसार विश्वै शक्तिशाली पहिलो पासपोर्टको रुपमा जापान रसिंगापुरको पासपोर्ट परेको छ । यो सर्वेक्षण अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए)को तथ्याङ्क अनुसार २०२२ का लागि सार्वजनिक गरिएका हो ।

त्यसैगरी कमजोर पासपोर्टमा पहिलो अफगानिस्तान परेसँगै क्रमश दोस्रो स्थानमा इराक र तेस्रो स्थानमा सिरिया, चौथोमा पाकिस्तान, पाँचौँमा यमन, छैटौंमा सोमालिया परेका छन् । नेपालको सातौं स्थानमा परेको नेपाली पासपोर्ट भने विश्वका ३७ देशमा मात्रै चल्छ ।

त्यसैगरी पहिलो नम्बरमा परेको विश्वकै सबैभन्दा कमजोर अफगानिस्तानको पासपोर्ट २६ ओटा मुलुकमा मात्रै चल्दै आएको छ ।

जापान र सिंगापुरको पासपोर्ट विश्वका १९२ मुलुकका लागि यात्रा गर्नु आगावै भिसा लगाइरहनु नपर्ने उल्लेख जानकारी गराइएको छ ।

त्यस्तैगरी दोस्रो शक्तिशाली पासपोर्टको स्थानमा जर्मनी र दक्षिण कोरियाको पासपोर्ट परेको छ । यी दुवै देशका पासपोर्ट विश्वका १९० चल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर