काठमाडौं २८ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीमा कोही असन्तुष्ट हुनु नपर्ने र सबैलाई समेटेर अघि बढ्ने आफ्नो चाहाना भएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी भएका लिङदेनले सिद्धान्तबाट विचलित भएर लक्ष्य प्राप्ति हुन नसक्ने भन्दै यस्तो बताएका हुन् ।
‘हाम्रो मुख्य कार्यभार पार्टीको हालै सम्पन्न महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाको सफल कार्यान्वयन हो, ‘सिद्धान्तबाट विचलित भएर लक्ष्य प्राप्ति हुन सक्दैन ’लिङ्देनले भने ।
काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यसमितिका मनोनित सदस्यहरुलाई सपथ गराउने क्रममा उनले अनुभवी, पार्टीको लागि आवश्यक, पार्टीमा योगदान दिएका व्यक्तिलाई मनोनयन गरिएको भन्दै मनोनीतको संख्या अझै बाँकी रहेको बताएका छन् ।
राप्रपाको विधान अनुसार १९९ जनाको कार्यसमिति हुने र त्यसमध्ये १४९ जना महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था रहेको छ भने ५० जना अध्यक्षले मनोनीत गर्ने व्यवस्था रहेको छ ।
संविधानले व्यवस्था गरे बमोजिमको समानुपातिक समावेशीतालाई पूर्ण रुपले पालना गरिने अध्यक्ष थापाले भनेका छन् ।