म जेका लागि राजनीतिमा छु, त्यसमै सम्झौता गरें भने किन चाहियो गगन थापा ? — OSNepal

म जेका लागि राजनीतिमा छु, त्यसमै सम्झौता गरें भने किन चाहियो गगन थापा ?

LC (KTM) January 12, 2022 0

काठमाडौ २८ पौष । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो काम गर्ने तरिका बदलिएको भएपनि पोजिसन नफेरिएको बताएका छन् ।

जुन जिम्मेवारीमा छु, त्यो जिम्मेवारीबाट कार्यसम्पादन गर्दा केही कुरामा ध्यान दिनैपर्ने र केही कुरामा सचेत रहनैपर्ने अवस्था आएको बताएका थापाले एक अन्र्तवार्तामा भनेका छन्, ‘म जेका लागि राजनीतिमा छु, त्यसमै सम्झौता गरें भने किन चाहियो गगन थापा रु मेरो ठाउँमा जो भए पनि भयो नि !’

एक्त अन्र्तवार्तामा थापाले आफ्नो पोजिसन नफेरिएको बताउँदै जनताको सवाल उठाउने कुरामा सम्झौता नहुने बताएका छन् । ‘प्रश्न गर्ने ठाउँबाट उत्तर दिने वा दिलाउने ठाउँ नजिक पुगेको हुँदा तरिका बदलिने भयो । काम गर्ने तरिका बदलिंदा थोरै अल्मलिएको पनि हुँला ‘ उनले भने ।

थापाले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा कांग्रेस जसरी उभिंदै आएको छ, यो बदल्ने संकल्प गरेर आफुहरु अनुमोदित भएको बताउँदै यथास्थितिमा आफू रम्ने र अरुलाई रम्न दिने सुविधा आफुहरुलाई नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर