प्रधानमन्त्रीको निवास बालुवाटारमा कोरोना आतंक फेरि कन्ट्याक्ट ट्रेसिङमा परे देउवा — OSNepal

प्रधानमन्त्रीको निवास बालुवाटारमा कोरोना आतंक फेरि कन्ट्याक्ट ट्रेसिङमा परे देउवा

LC (KTM) January 12, 2022 0

काठमाडौं २८ पौष । कोभिड १९ कोरोना भाइरसको तेस्रो लहर सुरु भइसकेको छ । हप्ता दिन देखि बढ्दै गएको कोरोना संक्रमणले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई आक्रान्त पारेको छ ।

सोमबार मात्र पिसिआर परिक्षण गराएका प्रधानमन्त्री शेबहादुर देउवाले भोली बिहिबार पिसिआर गर्ने भएका हुन् ।

प्रधानमन्त्री कार्यालयका भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजिटिभ भएपछि देउवाले फेरी पिसिआर गर्ने भएका हुन् ।

देउवा प्रमुख स्वकीय सचिव भानु देउवाले दिएको जानकारी अनुसार कन्ट्याक्ट ट्रेसिङमा फेरि देउवा परेपछि बिहीबार फेरि पीसीआर गराउने भएका हुन् ।

हाल प्रधानमन्त्री देउवा क्वारेन्टिनमा रहेका छन् । भोलीको रिर्पोट नेगेटिभ आयो भने देउवाले राजनीतिक भेटघाटलाई निरन्तरता दिने स्वकीय सचिव भानु देउवाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर