चोरी गरी लुकाई राखेका मोटरसाइकल सहित २ जना कोटेश्‍वरबाट पक्राउ — OSNepal

चोरी गरी लुकाई राखेका मोटरसाइकल सहित २ जना कोटेश्‍वरबाट पक्राउ

LC (KTM) June 01, 2021 0

काठमाडौं, १८ जेठ-काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने पर्सा वीरगंज परवानीपुर स्थायी घर भएका २१ वर्षीय विशाल थापा मगर सहित २ जनालाई चोरी गरी लुकाई राखेका मोटरसाइकल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरुले चोरी गरेको ४ थान मोटरसाइकल र २ थान स्कुटर लुकाइ राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर