काठमाडौं २८ पौष । नेपाल मेडिकल काउन्सिलका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
बढ्दै गएको कोरोना संक्रमणले नेपाल मेडिकल काउन्सिलका कर्मचारीलाई संक्रमण गरेपछि नियमित काम प्रभाव हुने भएको छ ।
काउन्सिलले एक सुचना जारी गर्दै १० दिनको लागि नियमित सेवामा केही ढिलाई हुने जानकारी गराएको छ ।
काउन्सिलको अधिकांश कर्मचारी तथा केही पदाधिकारीहरुमा पनि कोरोना संक्रमण देखिएको सुचनामा जानकारी गराइएको छ ।