करिनासँगको प्रेम रोमन्समा लट्ठीएका सैफले जेठी पत्नि अमृतासँगको सम्बन्ध विच्छेदबारे १६ वर्षपछि मुख खोले — OSNepal

करिनासँगको प्रेम रोमन्समा लट्ठीएका सैफले जेठी पत्नि अमृतासँगको सम्बन्ध विच्छेदबारे १६ वर्षपछि मुख खोले

LC (KTM) June 01, 2021 0

एजेन्सी । सैफ अलि खान अहिले ‘जवानी जानेमन’को प्रमोशनमा ब्यस्त छन्। सो चलिचत्र ३१ जनावरीमा रिलीज हुने तयारीमा छ। यसै क्ममा सैफले एउटा अन्तरवार्तामा अमृता सिंहसँग आफ्नो डिभोर्सको बारेमा बोलेका छन्।

अन्तर्वार्तामा जब सैफलाई तपाईले आफ्ना बच्चाहरूलाई आफ्नो सम्बन्धविच्छेद बारे कसरी बताउनु भएको छ ? भन्ने प्रश्न साेधिएकाे थियाे तब उनले भने, ‘यो संसारकै नराम्रो चीज हो म अझै महशुस गर्छु। म चाहन्थे की म जे छु त्यो भन्दा फरक हुँ। त्यहाँ केही त्यस्ता कुराहरु छन् जसले मलाई शान्ति दिँदैन। त्यस समयमा म मात्र २० वर्षको थिए, आज धेरै कुराहरु परिवर्तन भइरहेका छन्। हरेक मानिस आमाबुबासँगै बस्न चाहन्छन्।’बञ्चाहरुलाई सही वातावरण प्रदान गर्न आवश्यक छ भन्छन् सैफ।

सैफले आधुनिक परिवारको अवधारणामा बोल्दै भने ‘कुनै पनि बच्चा आफ्नो परिवार वा बाबुआमाबाट अलग हुनुहुदैन। यसले बच्चाहरूमा नकारात्मक प्रभाव पार्दछ। कहिलेकाहीं परिस्थिति असहज हुन्छ र अभिभावकसँगै नहुने अवस्था सिर्जना हुन्छ। बच्चाहरुका लागि स्थिर घर र वातावरण हुन जरुरी छ।’ नागरिक दैनिकमा खबर छ ।

सैफले सन् १९९१ मा अमृता सिंहसँग विवाह गरेका थिए। उनीहरुको सन्तान सारा अली खान र इब्राहिम अली खान हुन्। भने उनीहरुले २००४ मा सम्बन्धविच्छेद गरेका थिए। यस्तै, २०१२ मा सैफले आफू भन्दा १० वर्षे कम उमेरकी करिना कपुरसँग विवाह गरे।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर