दुई बालबालिकासहित आठ जनाको हत्या गरेको अभियोग लागेका बादशाह लाई दावी नपुगेको भन्दै अदालतले दियो सफाइ — OSNepal

दुई बालबालिकासहित आठ जनाको हत्या गरेको अभियोग लागेका बादशाह लाई दावी नपुगेको भन्दै अदालतले दियो सफाइ

LC (KTM) January 12, 2022 0

काठमाडौं २८ पौष । आठ जनाको हत्या गरेको आरोपी नसिम खान (बादशाह) ले सफाई पाएका छन् । जिल्ला अदालत कपिलवस्तुले ८ जनाको हत्या गरेको अभियोगमा दावी नपुगेको भन्दै खानलाई सफाइ दिएको हो ।

जिल्ला न्यायाधीश जवाहिर सिंहको एकल इजलासले नसिम खान र उनीसँग जोडिएका सबैलाई सफाइ दिएको हो ।

कपिलवस्तु मायादेवी गाउँपालिका–४ का निवासी खानमाथि आठ जनाको हत्या, एक ज्यान मार्ने उद्योग र डाँका मुद्दा चलाइएको थियो ।

चार जना माओवादी कार्यकर्ता, दुई जना बालबालिका र एक जना कर्मचारीको हत्या आरोपित नसिमलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले २ वर्षअघि काठमाडौँबाट पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर