कोरोना विरुद्ध लगाएको खोप कार्ड अनिवार्य भएपछि टेकूमा खोप लगाउने भीड — OSNepal

कोरोना विरुद्ध लगाएको खोप कार्ड अनिवार्य भएपछि टेकूमा खोप लगाउने भीड

LC (KTM) January 12, 2022 0

काठमाडौं २८ पौष । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि खोप लगाएको कार्ड अनिवार्य भएको छ ।

सिसिएमसीको सिफारिसमा गृह मन्त्रालयले सार्वजनिक क्षेत्रमा जान तथा होटलमा प्रवेश गर्न पनि कोरोना विरुद्धको खोपको कार्ड अनिवार्य गरेपछि अहिले काठमाडौं स्थित टेकु अस्पतालमा खोप लगाउनेको भीड बढेको छ ।

सरकारले फेरि प्रतिबन्धात्मक नियम लागु गर्न सुरु गरेसँगै खोप लगाएको प्रमाण देखाउनु पर्ने नियम लागु गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

आजबाट काठमाडौंमा २५ जना भन्दा भन्दा बढी भेला हुन नपाउने भएको छ । साथै माघ ७ गतेबाट कोरोना लगाएको कार्ड अनिवार्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर